+
+

कक्षा १२ को पछि सञ्चालित परीक्षाको नतिजा प्रकाशित

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते १६:२७

२८ मंसिर, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यलयले कोरोना संक्रमणका कारण पछि परीक्षा दिने कक्षा १२ को परीक्षार्थीको नतिजा सार्वजनिक गरेको छ ।

कोरोना संक्रमणका कारण भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालित परीक्षामा सहभागी हुन नपाएकाहरुलाई मंसिर १६ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरिएको थियो ।

कोरोना संक्रमणका कारण सबै विषय वा केही विषयको नियमित परीक्षा गुमाएका ३७ जना परीक्षार्थीले पछि परीक्षा दिएका थिए ।

हेर्नुहोस् नतिजा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?