+
+

सिन्दूर र मंगलसूत्र लगाएर विक्कीका साथ मुम्बई फर्किन् कट्रिना

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते १८:१५

२८ मंसिर, काठमाडौं । डिसेम्बर ९ मा विवाह बन्धनमा बाँधिएका बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलको चर्चा अझै सेलाएको छैन । राजस्थानमा विवाह गरेलगत्तै हनिमुनका लागि प्रस्थान गरेको भनिएको यो जोडी मंगलबार मुम्बई फर्केको छ ।

मुम्बई एयरपोर्टमा कट्रिना र विक्की पहिलोपटक पति-पत्नीको रुपमा देखा परेका हुन् । उनीहरु सञ्चारकर्मीहरुसँगको भेटमा निक्कै खुशीका साथ प्रस्तुत भए भने सबैलाई अभिवादन गरे ।

त्यसक्रममा कट्रिना सिउँदोमा सिन्दूर, गलामा मंगलसूत्र, हातमा चूरा लगाएर हल्का गुलाबी रंगको चुँडीदार कुर्तामा सजिएकी थिइन् । विक्कीले भने सेतो सर्ट र पाइन्ट पहिरिएका थिए ।

राजस्थानको सवाई माधोपुरस्थित एक भव्य होटलमा भएको विवाहपछि डिसेम्बर १० मा उनीहरु हनिमुनका लागि माल्दिभ्स गएको समाचार आएको थियो । तर, उनीहरुले हनिमुनका कुनै पनि तस्वीर भने सार्वजनिक गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?