+
+

अल्का अस्पतालले बाथ रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २९ गते १४:५०

काठमाडौं । अल्का अस्पताल प्रालिले बाथ रोगसम्बन्धी ९ दिनसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । जावलाखेलस्थित अस्पताल परिसरमा पुस ४ गतेदेखि ८ गतेसम्म पहिलो चरणमा र पुस १२ गतेदेखि १५ गतेसम्म दोस्रो चरण गरी ९ दिनसम्म निःशुल्क बाथरोग सम्बन्धी स्वास्थ्य शिविर आयोजना गर्न लागेको अस्पतालले जनाएको छ ।

बाथरोगसम्बन्धी विशेषज्ञ डाक्टरद्वय जीवन पौडेल र अभिलाशा शाहले हरेक दिन सय जना बिरामीहरुलाई जाँच गर्ने अस्पताल प्रशासनले जनाएको छ । शिविरमा बिरामीलाई निःशुल्क औषधि समेत वितरण गरिने छ ।

निःशुल्क स्वास्थ्य परीक्षण र १७ वटाभन्दा बढी बाथरोग सम्बन्धी ल्याव जाँच पनि निःशुल्क हुने अस्पतालका सीओओ दीपेन्द्र पोखरेलले जानकारी दिए ।

सीबीसी,ईसीआर,युरिक एसिड, क्रियटीनाइन, एफबीएस, टीएसएच, एन्टी सीसीपी, सीपीआर आरएएफ फ्याक्टर, एसजीओटी, एसजीपीटी, सीपीकेन्याक, युरिन रुटिन, एक्सरे ज्वाइन एण्ड एनएफसी लगायतका ल्याव परीक्षण डाक्टरको सिफारिसमा निःशुल्क गरिने उनले जानकारी दिए ।

वरिष्ठ बाथ रोग विशेषज्ञ पौडेलका अनुसार शिविरमा हाडजोर्नी, नशा सुन्निने दुख्ने, लामो समयदेखि ज्वरो आइरहने, महिनाबारी गडबडी हुने, बेला बेलामा गर्भ समेत तुहिने समस्या भएकाहरुले निःशुल्क परीक्षण गराउन सक्ने छन् ।

यसैगरी मांसपेशी दुख्ने, कम्मर, पाखुरा, कुर्कच्चा र घाँटी दुख्ने, शरीरको विभिन्न भागमा रातो तथा निलो दाग हुने, कपाल झर्ने, मुखमा खटिरा आउने, आँखा रातो भई दुख्ने समस्या भएका व्यक्तिहरुले समेत शिविरमा निःशुल्क परीक्षण गराउन सक्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?