+
+

नेप्से ४ अंकले घट्यो, कारोबार बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २९ गते १६:१३

२९ मंसिर, काठमाडौं । बुधबार शेयर बजार नेप्से परिसूचक ४.२३ अंकले घटेको छ । घटेको बजारमा पनि कारोबार रकममा भने उल्लेख्य वृद्धि देखिएको छ । मंगलबार सकारात्मक सर्किट लागेर पौने दुई घण्टामै बन्द भएको बजार बुधबार भने ४ अर्ब ५८ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । बुधबार २२८ कम्पनीको ९८ लाख ७९ हजार १०९ कित्ता शेयर दोस्रो खरिद बिक्री भएको छ ।

कारोबारमा आएका १३ उपसमूह मध्ये ८ उपसमूहको सूचक सकारात्मक बन्दा ५ उपसमूहको सूचक नकारात्मक रह्यो ।

कारोबारमा आएकामध्ये ९६ कम्पानीको शेयर मूल्य बढ्दा ८४ कम्पनीको मूल्य घट्यो भने ९ कम्पनीको शेयर मूल्य स्थिर रह्यो । बुधबार महालक्ष्मी विकास बैंकको सेयर सबैभन्दा धेरै १६ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार हुँदा सामलिङ्ग पावर कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढ्यो । सबैभन्दा धेरै गुमाउने कम्पनी सारथी लघुवित्त रह्यो । कम्पनीको शेयर मूल्य बुधबार ५.३४ प्रतिशतले घटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?