+
+

स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा. संगीता मिश्रा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. संगिता मिश्राले पाएकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २९ गते १७:४२
फाइल तस्वीर

२९ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. संगीता मिश्राले पाएकी छन् ।

समन्वय शाखाको प्रमुख रहेकी डा. मिश्राले बिहीबारदेखि मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हाल्ने भएकी हुन् । ‘बिहीबारखि मन्त्रालयको प्रवक्ताको रुपमा काम गर्ने जिम्मेवारी पाएको छु,’ डा. मिश्राले भनिन्, ‘सरकारले दिएको जिम्मेवारीलाई राम्रोसँग बहन गर्ने छु ।’

डा. मिश्राले कोभिड–१९ को नयाँ भेरियन्ट (ओम्रिक्रोन) लाई नियन्त्रण तथा रोकथाम लागि केन्द्रित भएर काम गर्ने बताइन् ।

यसअघि परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी निर्देशक रहेकी मिश्रालाई केही हप्ता अगाडि स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रालयको समवन्य महाशाखाको प्रमुखमा तानेका थिए ।

यसअघि मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका डा. कृष्णप्रसाद पौडेलले अब इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको मात्रै हेर्ने भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?