+
+

राष्ट्रिय वाणिज्य बैंक नेशनल पेमेन्ट स्वीचको ‘कर्पोरेट पे’ प्रणालीमा आबद्ध

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २९ गते १८:४०

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनी गर्न ‘एनसीएचएल’ र राष्ट्रिय वाणिज्य बैंकबीच बुधबार औपचारिक सम्झौता भएको छ ।

बैंकले आफ्नो संस्थागत ग्राहकका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात समेत गर्ने भएको छ । सम्झौता पत्रमा राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।

सम्झौता अनुसार राष्ट्रिय वाणिज्य बैंकले नेशनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्यूआर स्ट्याण्डर्ड बमोजिम नेपाल पे क्यूआर तथा इन्टरनेटवर्क क्यूआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरण प्रयोग गर्ने सक्ने भएको छ ।

साथै विभिन्न भुक्तानीका लागि बिलर गेटवेमार्फत अन्तरआबद्धता तथा पीएसओ सेटलमेन्ट लगायत भुक्तानी उपकरण प्रयोग गर्न सक्ने बताइएको छ । उक्त स्वीच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारका रुपमा रही विभिन्न रियल टाइम, नन–रियल टाइम तथा ओपन एपिआइकामार्फत बैंकले आफ्ना ग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्ने बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकले आफ्ना व्यावसायिक ग्राहकलाई डिजिटल प्ल्याट्फर्मका रुपमा कर्पोरेट पे प्रणाली उपलब्ध गराई उक्त प्रणालीमार्फत बैंकमा नगई आफैंले फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानीलगायत अन्य विभिन्न व्यावसायिक भुक्तानी खाताबाटै सजिलै गर्न सक्नेछन् । उक्त प्रणालीमार्फत कनेक्ट्स आईपीएस वा एनसीएचएल–आईपीएसमा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबार गर्न सकिने भएको छ । कर्पोरेट पेमा आबद्ध हुन ग्राहकले बैंकमा सम्पर्क गर्नुपर्ने हुन्छ ।

अहिले नेशनल पेमेन्ट स्वीचमा ३४ वटा बैंक/वित्तीय संस्था र १ भुक्तानी प्रणाली प्रदायक गरी जम्मा ३५ वटा संस्था आबद्ध छन् । कर्पोरेट पे प्रणालीमा ३५ वटा बैंक/वित्तीय संस्थामार्फत उपलब्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?