+
+

सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १ गते १२:४५

१ पुस, काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको बिहीबारको कारोबार मूल्य ९३ हजार रुपैयाँ तोकिएको छ ।

बुधबार छापावाल सुनको प्रति तोला मूल्य ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको बिहीबारको खरिद बिक्री मूल्य ९२ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको महासंघले जनाएको छ । चाँदीको प्रतितोला मूल्य १२ सय १० रुपैयाँबाट वृद्धि भएर १२ सय ३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?