+
+

शुक्रबारदेखि हिमपातको सम्भावना

काठमाडौँ उपत्यकाको तापक्रम ३ डिग्रीमा झर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १ गते १४:०३

१ पुस, काठमाडौं । पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणाली (पश्चिमी खाडल)का कारण शुक्रबारदेखि हिमपातको सम्भावना देखिएको छ ।

पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबारदेखि सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादल सर्ने क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने मौसमविद् मञ्‍जु बासीले जानकारी दिइन् ।

उनले अनलाइनखबरसँग भनिन्, ‘सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा भोलिदेखि हल्का हिमपातको सम्भावना छ । चिसो विस्तारै पुर्वतिर सर्दै जान्छ । ‘

यस्तै जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । पश्चिमी न्यून चापीय प्रणालीका कारण आगामी दिनमा तापक्रममासमेत गिरावट आई चिसो अझ बढ्ने सम्भावना रहेको उनको भनाइ छ।

सो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई-यातायातलगायत दैनिक जनजीवनमा असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सुरक्षा र सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम यस वर्षकै कम तीन दशमलव शून्य डिग्री र अधिकतम तापक्रम १७.५ डिग्री सेल्सियस छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ५.७ डिग्री र सबैभन्दा बढी भैरहवाको अधिकतम तापक्रम २८.४ डिग्री सेल्सियस छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?