+
+

९ वर्षदेखि धनगढीमा सञ्चालनमा रहेको एयरक्राफ्ट म्यूजियम नेपालगञ्ज सारियो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १ गते १८:१२

१ पुस, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको वायु यान संग्रहालय (एयरक्राफ्ट म्यूजियम) नेपालगञ्ज सारिएको छ ।

९ वर्षदेखि धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुरमा सञ्चालनमा रहेको एयरक्राफ्ट म्यूजियम नेपालगञ्ज सारिएको सञ्चालक क्याप्टेन बेद उप्रेतीले बताए ।

उनकाअनुसार एयरक्राफ्ट म्यूजियमका लागि भाडामा लिइएको जग्गाको लिज सम्झौता अवधि सकिएपछि धनगढीमै सञ्चालन गर्न थप जमिन नपाइएपछि नेपालगञ्ज सारिएको हो ।

अब म्युजियम नेपालगञ्जस्थित विपी चोकमा सञ्चालन हुनेछ । त्यहाँ नेपालगञ्ज उपमहानगपालिकाले म्युजियमका लागि निःशुल्क जग्गा उपलब्ध गराएको उप्रेती बताउँछन् ।

यसअघि धनगढी उपमहानगरपालिकासँग पनि जग्गाको उपलब्ध गराउने विषयमा छलफल भएपनि सहमति हुन सकेको थिएन । एक करोड २५ लाखको लगानीमा स्थापना गरिएको म्युजियमले धनगढीमा आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?