+
+

कर्ण लिम्बुले च्यासलबाट लिग खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १ गते १८:१४
फाइल तस्वीर

१ पुस, काठमाडौं । स्ट्राइकर कर्ण लिम्बुले च्यासल युथ क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन् ।

च्यासल युथ क्लबका सहायक प्रशिक्षक आशिक थापा मगरले पाँचौं चरणको खेलअघि बिहीबार भएको प्रिम्याच कन्फ्रेन्समा लिगका लागि कर्णलाई टिममा अनुबन्ध गरिएको बताए । ‘हामीसँग स्ट्राइकरको कमी थियो । त्यसैले एक खेलाडी अनुबन्ध गरेका छौँ । ती खेलाडी कर्ण लिम्बु हो’ प्रि-म्याच कन्फ्रेन्समा आशिकले भने ।

यसअघि २०७६ सालमा भएको लिगमा कर्णले संकटा क्लबबाट लिग खेलेका थिए । त्यसअघि २०७५ मा उनले हिमालयन शेर्पाबाट लिग खेलेका थिए ।

झापाका कर्ण लिम्बु घरेलु फुटबलका लागि चर्चित स्ट्राइकर हुन् । उनी घरेलु फुटबलमा गोल गर्न माहिर छन् । तर पछिल्लो समय लिगमा भने उनले पुरानो लय भेट्टाउन सकेका छैनन् । राष्ट्रिय टिम पर्न संघर्ष गरेका कर्णले नेपालका लागि १ खेल खेलेका छन् । कर्णले २०७० सालमा मछिन्द्र क्लबबाट लिग खेलिसकेका छन् ।

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?