+
+

दीप र स्वेच्छाको जोडी पहिलो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १ गते २०:३९

काठमाडौं । नेपाल आर्मीका दीप साउन र स्वेच्छा नेम्वाङको जोडी प्रथम नेपाल एपीएम खुला टेबलटेनिस प्रतियोगिताको मिक्स डबल्समा पहिलो भएका छन् ।

आयोजक नेपाल एपीएम टेबलटेनिस प्रा.लि. को भैसेपाटीस्थित हलमा बिहीबार भएको फाइनलमा दीप र स्वेच्छाको जोडीले नेपाल प्रहरीका श्यान्टू श्रेष्ठ र मन्जु सुवालको जोडीलाई ७–११, ९–११, ११–३, १२–१० र ११–४ को सेटमा पराजित गरे । आर्मीका रविना महर्जन र कुशल न्याछो तथा एपीएफका अनिता महर्जन र राजिव चिकबन्जारको जोडी तेश्रो भए ।

यू–१६ ब्वाइज सिंगल्समा न्यू होराइजनका प्रवेश बस्नेतले स्वर्ण जिते । उनले फाइनलमा केज एकेडेमीका विशाल गोललाई ३–२ ले हराए । गार्गी एकेडेमीका प्रिन्स थापा र एनिस पिङपोङ क्लबका अद्रियन शाही तेश्रो बने ।

सोही स्पर्धाको गर्ल्समा आर्मीकी दिया देउला च्याम्पियन बनिन् । फाइनलमा दियाले आर्मीकै सुस्मिता खड्कालाई ३–१ को सेटमा पाखा लगाइन् । एपीएम क्लबकाद्वय योङगी पौडेल र अनामिका कस्ती संयुक्त रुपमा तेश्रो भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?