+
+

जुम्लामा नबिल बैंकको उद्यमशीलता विकास र वित्तीय साक्षरता कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २ गते १२:५३

काठमाडौं । जुम्लाको तिला गाउँपालिकामा युवा उद्यमशीलता र स्वरोजगार प्रवर्द्धन गरी युवालाई आत्मनिर्भर बनाउने उदेश्यले उद्यमशीलता विकास र वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ । नबिल बैंक, राष्ट्रिय युवा परिषद र तिला गाउँपालिकाबीच त्रिपक्षीय समझदारी भएअनुसार कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रममा नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले युवा र महिलाहरुको उद्यमशीलता विकास र रोेजगारी सिर्जनामा सहयोग गरी दिगो समाजको निर्माण गर्न नबिल बैंक सधैं तत्पर रहेको बताए ।

नबिल बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले उपस्थित युवा र महिलाहरुलाई आफ्नो क्षमतालाई कम आंकलन नगरी राम्रो उद्यमी बन्न शुभकामना दिए ।

नबिल बैंकबाट साना कर्जा लिएका उद्यमीहरु अहिले करोडौंको कारोबार गरिरहेको उदाहरण दिँदै ठूलो सपना बोकेर स्वरोजगारमा अगाडि बढ्न आग्रह गर्दै उनले उद्यमशीलता विकास र स्वरोजगार प्रवर्द्धनमा नबिल बैंकको सधैं साथ रहने बताए ।

गाउँपालिकाले युवा उद्यमका लागि दरखास्त दिन आव्हान गरेको थियो ।  तालिम मंसिर २० गतेदेखि मंसिर २७ गतेसम्म सञ्चालन गरिएको थियो ।

तालिमको समापन गाउँपालिकाका अध्यक्ष रतननाथ योगीको अध्यक्षतामा भएको थियो । उक्त कार्यक्रममा पूर्वराज्य मन्त्री बलबहादुर महत, नबिल बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल, नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?