+
+

आरटीजीएस प्रणालीमा थप ७ बैंक तथा वित्तीय संस्था आबद्ध

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २ गते १३:१७

काठमाडौं । नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा थप ७ बैंक तथा वित्तीय संस्था आबद्ध भएका छन् । राष्ट्र बैंकका अनुसार एक विकास बैंक र ६ वित्त कम्पनी आरटीजीएस प्रणालीमा आबद्ध भएका हुन् ।

नेपाल क्लियरिङ हाउस लिमिटेडले उपलब्ध गराएको कनेक्ट आरटीजीएसको प्रयोग गरी यी संस्थाहरुले अब आरटीजीएस प्रणालीमा कारोबार गर्न सक्नेछन् ।

सप्तकोशी विकास बैंक, बेस्ट फाइनान्स, गोर्खाज फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्डफाइनान्स, गुडविल फाइनान्स, प्रोग्रेसिभ फाइनान्स तथा रिलायन्स फाइनान्स हालै उक्त प्रणालीमा थपिएका छन् ।

यसअघि २७ वटा वाणिज्य बैंक, ८ विकास बैंक र २ वित्त कम्पनीमा आरटीजीएस प्रणाली सञ्चालनमा आइसकेका छन् । आरटीजीएस प्रणालीमा रहेका बैंक/वित्तिय संस्थामध्ये ४२ वटा संस्था एनसीएचएलद्वारा सञ्चालित कनेक्ट आरटीजीएसमार्फत सो प्रणालीमा जोडिएका हुन् ।

ग्राहकहरूले आरटीजीएस प्रणाली प्रयोग गर्न आफ्नो बैंक तथा वित्तीय संस्थालाई सम्पर्क गरी उपलब्ध फारम भरी सो सेवा लिन सक्छन् । आरटीजीएस प्रणालीमा मार्फत् २ लाख रुपैयाँभन्दा माथि भुक्तानी गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?