+
+

खुकुरी रमले देशभर विशेष सांगीतिक अभियान चलाउने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २ गते १७:३८

काठमाडौं । खुकुरी रमले चर्चित सांगीतिक समूहसँगको सहकार्यमा देशभर विशेष सांगीतिक अभियान चलाउने भएको छ ।

पछिल्लो समयमा युवापुस्तामाझ चर्चित आर्बिटरी ग्रुपसँगको सहकार्यमा खुकुरी रमले देशका विभिन्न स्थानहरुमा नयाँ कलाकारहरुको प्रोत्साहनका लागि प्ल्याटफर्म उपलब्ध गराउने उद्देश्यले विशेष सांगीतिक अभियान सञ्चालन गर्न लागेको कम्पनीले जनाएको छ ।

खुकुरी रमले देशका विभिन्न जिल्लाका रेष्टुरेन्ट, क्लब, खुल्ला क्षेत्र, आउटडोर्स, इन्डोर्स लगायतका ठाउँहरुको छनौट गरी सांगीतिक कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको खुकुरी रमको उत्पादक ‘द नेपाल डिस्टीलरिज’का महाप्रबन्धक सुभास लामिछानेले जानकारी दिए ।

नयाँ कलाकारहरुलाई देशभरका दर्शक स्रोतामाझ परिचय गराउने र उनीहरुलाई उत्साहित गरी नेपाली गीतसंगीतको समेत प्रवर्द्धन गर्ने उद्देश्यले बृहत कार्यक्रम गर्न लागिएको उनको भनाइ छ ।

देशका विभिन्न ठाउँमा गएर आर्बिटरीसँग आबद्ध कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन् । आर्बिटरीले संगीतसँग सम्बन्धी देशैभर आयोजना हुने हालसम्मकै ठूलो अभियानको शुक्रबारदेखि शुरु भएको छ । ्

आफू नजिक पनि यस्ता कार्यक्रम आयोजना हुने भन्दै स्थापितसँगै नयाँ कलाकारहरुको प्रस्तुतिमा झुम्नका लागि तयार रहन संगीतप्रेमीलाई खुकुरी रमले आह्वान गरेको छ ।

आर्बिटरीका संस्थापक वीपीन नकर्मीले संगीत र कलाकारहरुलाई सहयोग गर्ने उदेश्यले आर्बीटरी ग्रुपले पुनः खुकुरी रमसँग सहकार्य गर्न पाउँदा खुशी लागेको उनले बताए ।

खुकुरी रमले यसअघिका वर्षहरुमा पनि फरक अवधारणासहित ‘खुकुरी म्युजिक नेशन’ आयोजना गरेको थियो । सो मिसनलाई देशभरका संगीतप्रेमीले निकै रुचाएका थिए ।

हाल नेपालबाहेक १३ देशका बजारमा समेत उपलब्ध हुँदै आएको खुकुरी रमको प्याकेजिङ केही समयअघिदेखि स्थानीय र अन्तराष्ट्रिय बजारमा एकैसाथ परिवर्तन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?