+
+

स्टेज कार्यक्रमदेखि भिडियोमा उषाको व्यस्तता

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ३ गते १०:०५

मोडल उषा उप्रेती देश दौडाहामा छिन् । मंसिर २४ गतेबाट काँकडभिट्टाबाट सुरु भएकोे ‘सप्तरङ्ग’ कार्यक्रममा उषाले स्टेज प्रस्तुति दिइरहेकी छिन् । दर्शकले स्टेजदेखि म्युजिक भिडियोमा रुचाएपछि निक्कै उत्साहित भएको उनी बताउँछिन् ।

उनै, उषाका म्युजिक भिडियोहरु पनि दैनिकरुपमा सार्वजनिक भैरहेका छन् । गीतकार हिरा काजी थापाको ‘के छ खबर’ बोलको गीतमा उषाले मोडल सागर खनालसँग स्क्रिन शेयर गरेकी छिन् ।

बुद्ध लामा र सुनिता कार्कीको स्वर, नागेन्द्र श्रेष्ठको संगीत रहेको यो गीतको भिडियोमा हिरा काजी थापाको निर्देशन छ । भिडियोमा प्रमोद भण्डारीको कोरियोग्राफी, सागर प्रधानकोे छायांकन, अनिल रानामगरको सम्पादन छ ।

मोडल उषाले आफूलाई भिडियोमा पनि अभिनय कला देखाउन मन लाग्ने बताइन् । उषा चलचित्रमा अभिनय गर्ने प्रतिक्षामा आफू रहेको बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?