+
+

‘स्पाइडर म्यान’को बम्पर ओेपनिङ, ‘पुष्पा’को रेकर्ड ब्रेक कमाइ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते १२:०८

४ पुस, काठमाडौं । हलिउड चलचित्र ‘स्पाइडर म्यान’ले भारतीय बक्स अफिसमा बम्पर ओेपनिङ गरेको छ । भारतमा बिहीबार रिलिज भएको यो चलचित्रले सो दिन ३२.६७ करोड भारुको व्यापार गरेको थियो ।

शुक्रबार भने चलचित्रको व्यापारमा केही कमी भयो । शुक्रबार चलचित्रले २०.३७ करोडको कमाइ गरेको छ । दुई दिनमा यो चलचित्रले ५३.०४ करोडको कमाइ गरेको हो ।

शनिबार पनि चलचित्रले बक्स अफिसमा उछाल ल्याएको छ । यो चलचित्रले चारदिने विकेन्डमा सय करोड माथिको व्यापार गर्ने अनुमान भारतीय चलचित्र विश्लेषकहरुले गरेका छन् ।

यस्तै शुक्रबारदेखि रिलिज भएको साउथ चलचित्र ‘पुष्पा’ले बक्स अफिसमा नयाँ रेकर्ड कायम गरेको छ । यो चलचित्रले शुक्रबार भारतमा ५२.५० करोडको ग्रस कलेक्सन गरेको छ ।

यो सन् २०२१ मा यो सातासम्म रिलिज भएका चलचित्रमध्ये सबैभन्दा बढीको व्यापार हो । बक्स अफिसमा ‘स्पाइडर म्यान’ले भने पहिलो दिन ४१.५ करोडको ग्रस कलेक्सन गरेको  थियो ।

यस्तै बलिउड चलचित्र ‘सूर्यवंशी’ले पहिलो दिन ३१.४० करोडको ग्रस कलेक्सन गरेको थियो ।

साउथ चलचित्र ‘पुष्पा’ले हिन्दी भाषामा तीन करोडको ओेपनिङ गरेको छ । यो कमाइ चलचित्र ‘केजीएफ’को भन्दा एक करोडले बढी हो । अल्लु अर्जुनको शीर्ष भूमिका रहेको चलचित्रलाई समीक्षक तथा दर्शकले रुचाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?