+
+

आईएमई लाइफ इन्स्योरेन्सद्वारा ‘बिजनेस एक्सिलेन्स अवार्ड’ कार्यक्रम सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ५ गते १९:५६

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंस्थित होटल याक एण्ड यतिमा ‘बिजनेस एक्सिलेन्स अवार्ड २०२१’ कार्यक्रम आयोजना गरेको छ ।

‘ह्यान्ड इन ह्यान्ड फर एन एक्सलेन्ट फ्यूचर’ नारासहित आयोजना गरिएको उक्त कार्यक्रममा देशभरका २४ हजार ५ सय अभिकर्ताहरुमध्येबाट उत्कृष्ट कार्यसम्पादन गरेकालाई सम्मान गरिएको थियो ।

आव २०७७/७८ मा आईएमई लाइफ इन्स्योरेन्सको कर्पोरेट क्लबमा पर्न सफल २०० जना क्लब दाबेदार, उत्कृष्ट ८ एजेन्सी मेनेजर, ३२ एमडीआरटीमा योग्य अभिकर्ता, अभिकर्ता, विभिन्न विधाद्वारा चुनिएका उत्कृष्ट शाखाहरु र कर्मचारीहरुलाई सम्मान गरिएको कम्पनीले जनाएको छ ।

३ सयभन्दा बढी अभिकर्ताको सहभागीमा आयोजित कार्यक्रममा आईएमई ग्रुपका म्यानेजिङ डाइरेक्टर हेमराज ढकाल, कम्पनीका अध्यक्ष डा. राम हरि अर्याल र अन्य सञ्चालक समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा ब्राण्ड एम्बासेडर मनीषा कोइरालाले यस्ता कार्यक्रमले अभिकर्ताहरुलाई यस क्षेत्रमा क्रियाशील रहन प्रेरित गर्ने विश्वास व्यक्त गरिन् ।

अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले यस पेशालाई सम्मानित बनाउन र उत्कृष्टलाई पुरस्कृत गर्ने कार्यमा कम्पनी सदैव तयार रहेको बताए । कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?