+
+

नेपाल लाइफ इन्स्योरेन्स देशकै उत्कृष्ट बिमा कम्पनी भएको दावी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ६ गते १७:२५

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बिमाका क्षेत्रमा आफूलाई देशकै उत्कृष्ट जीवन बिमा कम्पनी भएको दावी गरेको छ ।

कम्पनीले मंगलबार विज्ञप्ति जारी गर्दै आव २०७८/७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँग रु. ११८.७६ अर्बको सर्वाधिक जीवन बिमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बिमालेख जारी, रु. ४०.५० अर्बको सर्वाधिक दावी भुक्तानी, रु. ७.१९ अर्बको सर्वाधिक चुक्ता पुँजी रहेको जनाएको छ । कम्पनीले हासिल गरेको सूचकांकले नेपाल लाइफ जीवन बिमा क्षेत्रमा अब्बल सावित भएको कम्पनीको दावी छ ।

कम्पनीले जनतामा जीवन बिमाको महत्वका बारे सचेतना जगाउने उद्देश्यका साथ पुष ६ गतेदेखि ‘नेपालकै नं. १’ अभियान सार्वजनिक गरेको कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशिलकुमार चौधरीले बताए ।

“हामी समग्र जनता माझ जीवन बिमाको महत्व तथा आवश्यकताका बारेमा सचेतना फैलाउन चाहन्छौँ । जीवन बिमाले आफू लगायत आफू सम्बद्धको भविष्यको सुनिश्चितताका लागि प्रदान गर्ने सुविधाहरु सबैले जानुन् र यसलाई विकल्प भन्दापनि आधारभूत आवश्यकताका रुपमा हेरुन् भन्ने हाम्रो चाहना हो”, चौधरीले भने ।

यो अभियानले ग्राहक तथा लक्षित वर्गको विश्वास प्राप्त गर्न सफल हुने विश्वास कम्पनीले लिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?