+
+

कांग्रेसमा थारुबाट रामजनम र योगेन्द्र केन्द्रीय सदस्य निर्वाचित

मंगलबार गरिएको मतगणना अनुसार थारु तर्फको खुला केन्द्रीय सदस्यमा रामजनम चौधरी र योगेन्द्र चौधरी विजयी भएका छन् । रामजनमले २५०३ र योगेन्द्रले २१९८ मत पाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ६ गते २०:५१

६ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत थप १० जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

मंगलबार गरिएको मतगणना अनुसार थारु तर्फको खुला केन्द्रीय सदस्यमा रामजनम चौधरी र योगेन्द्र चौधरी विजयी भएका छन् । रामजनमले २५०३ र योगेन्द्रले २१९८ मत पाएका छन् । त्यस्तै थारु महिलातर्फ कल्पना चौधरी २५२४ र जीवन राना २३४९ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

सुदूरपश्चिम प्रदेशबाट खुला केन्द्रीय सदस्यमा डा. रणबहादुर रावल २६६९, र यज्ञराज जोशी २०४४ मतका साथ विजयी भएका छन् । सुदूरपश्चिम प्रदेशबाट महिला केन्द्रीय सदस्यमाा सुशीला मिश्र भट्ट २४२२ मतका साथ विजयी भएकी छन् ।

कर्णाली प्रदेशबाट खुला केन्द्रीय सदस्यमा राजीवबिक्रम शाह २८२० र कर्णबहादुर बुढा २२०० मतका साथ निर्वाचित भएका छन् । पूर्वमन्त्री हृदयराम थानी २१९९ मत ल्याएर एक मतान्तरले पराजित भए ।

कर्णाली प्रदेशबाटै महिला केन्द्रीय सदस्यमा जानकी सिंह २६२४ मतका साथ विजयी भएकी निर्वाचन समितिले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?