+
+

रणवीरको ‘८३’लाई उत्कृष्ट समीक्षा, दिल्लीमा कर नलिइने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ७ गते १२:३४

७ पुस, काठमाडौं । शुक्रबारदेखि रिलिज हुन लागेको बलिउड चलचित्र ‘८३’ले समीक्षकहरुबाट उत्कृष्ट  प्रतिक्रिया पाएको छ । भारतीय राष्ट्रिय टिमका पूर्व क्याप्टेन कपिल देवको बायोपिक यो चलचित्रलाई रिलिजको पाँच दिनअघि नै समीक्षकहरुलाई देखाइएको थियो ।

चलचित्रलाई अधिकांश समीक्षकले ४ देखि ४.५ को रेटिङ दिएका छन् । यसैले बक्स अफिसमा यो चलचित्रले सुखद कमाइ गर्ने अपेक्षा गरिएको छ ।

सन् १९८३ मा भारतले क्रिकेटको विश्वकप जितेको कथामा यो चलचित्र केन्द्रित छ । जतिबेला क्याप्टेनको रुपमा कपिल देव थिए ।

चलचित्रमा कपिलको भूमिका अभिनेता रणवीर सिंहले निर्वाह गरेका छन् । रणवीरको अभिनयलाई समीक्षकले उत्कृष्ट भनेका छन् । चलचित्रमा अभिनेत्री दीपिका पादुकोण कपिल देवकी श्रीमतीको भूमिकामा देखिएकी छन् । चलचित्रभित्र उनलाई करिब २० मिनेट देख्न सकिने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

कविर खानले निर्देशन गरेको यो चलचित्रले दर्शकमा नयाँ खालको उमंग पैदा गर्ने विश्लेषण गरिएको छ ।

यसैबीच दिल्ली सरकारले चलचित्र ‘८३’लाई दिल्लीमा करमुक्त घोषणा गरेको छ । यो चलचित्रलाई दिल्ली सरकारले करमुक्त घोषणा गरेको निर्माताले मंगलबार जानकारी दिएका छन् । आफ्नो चलचित्रलाई दिल्लीमा करमुक्त घोषणा गरेसँगै रिलायन्स इन्टरटेनमेन्ट ग्रुपका सीईओ शिवाशिष सरकारले ट्वीटरमार्फत मुख्यमन्त्री अविन्द केजरीवाललाई यो निर्णयका लागि धन्यवाद दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?