+
+

सिरहाको छुरा प्रहार घटनामा ६ जना पक्राउ

सिरहामा छुरा प्रहारबाट युवकको हत्या आरोपमा पाँच जना पक्राउ परेका छन् । गोलबजार नगरपालिका-६ मा डोहटियाका २६ वर्षका रामकुमार सदाको छुरा प्रहारबाट मृत्यु भएको थियो भने सोही ठाउँका २६ बर्षका रिकेश सदा घाइते भएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ७ गते १४:३२

७ पुस, जनकपुरधाम । सिरहामा छुरा प्रहारबाट युवकको हत्या आरोपमा पाँच जना पक्राउ परेका छन् । गोलबजार नगरपालिका-६ मा डोहटियाका २६ वर्षका रामकुमार सदाको छुरा प्रहारबाट मृत्यु भएको थियो भने सोही ठाउँका २६ बर्षका रिकेश सदा घाइते भएका थिए ।

उक्त घटनामा संलग्नको आरोपमा २२ बर्षका भुवनप्रसाद महतो, १९ बर्षका श्रवणकुमार मण्डल, २० बर्षका कालु भन्ने रोहन विश्वकर्मा, १८ बर्षका सौकात खान र १९ बर्षका धर्मेन्द्र यादवलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

गोलबजारको लक्ष्मी मन्दिरदेखि पश्चिमतर्फ बाटोमा होहल्ला गरेको भन्दै रामकुमार सदाको समूह र दीपक साहको समूहबीच विवाद भएको थियो । सोही विवादमा झगडा हुँदा दीपक शाहको समूहले रामकुमार सदामाथि छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजारको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथि अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?