+
+

डाइनोसरको अण्डा र भ्रूणको अवशेष भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ७ गते १५:४९

७ पुस, काठमाडौं । चीनमा डाइनोसरको अण्डाभित्र कोरल्ने चरणमा रहेको एक भ्रूणको अवशेष फेला परेको छ । वैज्ञानिकहरूले उक्त भ्रूण कम्तीमा छ करोड ६० लाख वर्ष पुरानो भएको अनुमान गरेका छन् ।

चीनको गङझाओमा कुखुराको अण्डाझैं कोरल्ने अवस्थामा रहेको डाइनासोरको अण्डाभित्र भ्रूण फेला परेको बीबीसीले जनाएको हो । अचानक आएको पहिरोमा डाइनोसरको अण्डा पुरिएको हुँदा सुरक्षित रहन पुगेको अनुसन्धानकर्ताले बताएका छन् ।

‘बेबी यिङलियाङ’ नामाकरण गरिएको उक्त भ्रूण दाँत नहुने ओभिराप्टोरोसर नामक डाइनासोरको प्रजातिको रहेको अनुमान गरिएको छ । पखेटा हुने र घाँस खाने उक्त प्रजातिको डाइनोसर १० करोडदेखि छ करोड ६० वर्ष पहिला एसिया र उत्तरी अमेरिकामा अस्तित्वमा रहेको मानिन्छ ।

अनुसन्धानकर्ता डा.  फियोन वाइसम माका अनुसार फेला परेको भ्रूणको अवशेषलाई अहिलेसम्मकै ‘उत्कृष्ट’ मानिएको छ । चराचुरुङ्गीले चल्ला कोरल्नुपूर्व अण्डाभित्र बेरिएर रहने अवस्था (tucking) मा झैं डाइनोसरको भ्रूण फेला परेपछि वैज्ञानिकहरू उत्साहित बनेका छन् ।

मा र उनका सहकर्मीले फेला पारेको भ्रूणमा डाइनोसरको टाउको शरीरमाथि अडिएको र चारवटै खुट्टा शरीरमा टाँसिएको देख्न सकिन्छ । पछिल्लो खोजले डाइनोसर र चराचुरुङ्गीबीचको सम्बन्ध थप बुझ्न सघाउने अपेक्षा समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?