+
+

इसेवा मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच रेमिट्यान्स सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ७ गते १६:२८

काठमाडौं । इसेवा मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।

इसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार अब विदेशबाट इसेवा मनि ट्रान्सफरमार्फत पठाएको नगद रेमिट्यान्स, राष्ट्रिय वाणिज्य बैंकका मुलुकभर रहेका २५६ वटा शाखा, ९८ वटा शाखारहित बैंकिङ केन्द्र तथा ३४ वटा एक्स्टेन्सन काउन्टरबाट सजिलै भुक्तानी लिन सकिने छ ।

साथै, राष्ट्रिय वाणिज्य बैंकबाट पठाएको आन्तरिक रेमिट्यान्स पनि नेपालभरी रहेका इसेवा मनि ट्रान्सफरका १० हजारभन्दा धेरै एजेन्टबाट सहजै प्राप्त गर्न सकिने छ ।

यसैगरी, राष्ट्रिय वाणिज्य बैंकको खाता भएको ग्राहकले यस बैंकको मोबाइल एप अर्थात ‘आरबीबी स्मार्ट’ प्रयोग गरेर देश तथा विदेशबाट इसेवा मनि ट्रान्सफर मार्फत पठाएको नगद रेमिट्यान्स सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सकिनेछ ।

मोबाइल एपबाट इसेवा मनि ट्रान्सफरको रेमिट्यान्स् सेवाप्रयोग गरेर देशभरी आन्तरिक रेमिट्यान्स् पठाउन समेत सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?