+
+

प्रिमियर इन्स्योरेन्स र एनसीएचएलबीच सम्झौता, डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ७ गते १६:४५

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)बीच सम्झौता भएको छ ।

कम्पनीले आफ्नो भुक्तानीसम्बन्धी कारोबारलाई एनसीएचएलको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी सम्झौता भएको एनसीएचएलले जारी गरेको विज्ञप्तिमा उल्लेख  छ ।

प्रिमियर इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत सहदेव तिवारी र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता भएसँगै प्रिमियर इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीच (एनपीएस) अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडिने पहिलो निर्जीवन बिमा कम्पनी बनेको छ । यसले कम्पनीको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल–आईपीएस र कनेक्ट आईपीएस प्रणालीसँग जोडी इन्स्योरेन्स दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन, सर्भे पेमेन्ट, तलब, भेण्डर भुक्तानी लगायत आफ्नो लगानी सम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ ।

यसले प्रिमियर इन्स्योरेन्सलाई आफ्ना विभिन्न खाताहरुबाट भुक्तानी कारोबारहरु सहजै आफ्नो अपरेटिङ खातामा सार्न सकिने छ ।

यसरी एनपीआईमा जोडिएपछि प्रिमियर इन्स्योरेन्सका सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित रुपमा हुनुका साथै हिसाब मिलान गर्न पनि सजिलो हुनेछ ।

प्रिमियर इन्स्योरेन्स लगायत ३० भन्दा बढी लाईफ तथा नन–लाईफ इन्स्योरेन्स कम्पनीका बीमितहरुले आफ्नो बिमा प्रिमियम शूल्क अनलाइन मार्फत कनेक्ट आईपीएसबाटभुक्तानी गर्दै आएका छन् । साथै ७ लाईफ इन्स्योरेन्स कम्पनीहरुयस अघि नै एनपीआईमा आबद्ध रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?