+
+

नेपाल एयरलाइन्सलाई अनावश्यक कर्मचारी भर्ना नगर्न ट्रेड युनियनको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ७ गते १८:०७

७ पुस, काठमाडौं । आर्थिक रुपमा धरासायी बन्दै गएको नेपाल वायुसेवा निगममा करारमा अनावश्यक कर्मचारी थपिएपछि संयुक्त ट्रेड युनियन संघर्ष समितिले आपत्ति प्रकट गरेको छ ।

निगममा यात्रु सेवा विभाग, अपरेशन विभाग, साधारण सेवा तथा सम्पत्ति व्यवस्थापन विभागमा केही व्यक्तिलाई सेवा करार तथा मासिक ज्यालादारीमा कर्मचारी भर्ना गरिएको भन्दै समितिले आपत्ति जनाएको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ का कारण निगमको आर्थिक अवस्था कमजोर रहेको र निगमको दैनिक कार्यसञ्चालन गर्न उपलब्ध कर्मचारी नै पर्याप्त रहेको अवस्थामा नयाँ कर्मचारी थप हुनु मितव्ययीताको सिद्धान्त विपरीत रहेको समितिले उल्लेख गरेको छ ।

यसरी भर्ना भएका कर्मचारीलाई तत्काल हटाउन र अनावश्यक रुपमा कर्मचारी भर्ना प्रक्रिया रोक्न समेत संयुक्त ट्रेड युनियन संघर्ष समितिले माग गरेको छ । यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार व्यवस्थापन नै हुने समेत चेतावनी समितिले दिएको छ ।

बुधबार कर्मचारीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पत्र लेख्दै यस्तो चेतावनी दिएका हुन् । निगममा १३ सय भन्दाबढी स्थायी कर्मचारी नै रहेको अवस्थामा करारमा थप कर्मचारी भर्ना प्रक्रिया शुरु गरिएपछि ट्रेड युनियनले आपत्ति जनाएको हो । कर्मचारी युनियनका एक पदाधिकारीका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाटै निगममा करारमा कर्मचारी भर्ना गर्न दबाव दिइएको छ ।

हेर्नुहोस ट्रेड यूनियनले लेखेको पत्रः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?