+
+

सन्नीको ‘फाइटर एण्ड फुरी २’को गीत सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ८ गते ११:५६

८ पुस, काठमाडौं । कलाकार तथा मार्सल आर्ट खेलाडी सन्नी बी केसीको नयाँ चलचित्र ‘फाइट एण्ड फुरी २’को गीत सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरिएको हो ।

सन्नीकै कथा तथा निर्देशनमा तयार भएको यो चलचित्रमा उनको साथमा बब बाल, लियो फोङ्ग, जोस्फ माइकल, एमएम ए फाइटर लगायतका हलिउड कलाकारको पनि अभिनय छ ।

गीत सार्वजनिक कार्यक्रममा पूर्व डीआईजी रमेश खरेल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का लगायतले शुभकामना दिएका थिए । अंग्रेजी भाषामा बनेको यो चलचित्रलाई नेपालीमा डब गरेर रिलिज गरिने सन्नीले पत्रकार सम्मेलनमा जानकारी दिए । सरिन विकको छायांकन रहेको यो चलचित्रले ह्युमन ट्राफिकिङको कथालाई उठाउन खोजेको छ ।

यो चलचित्रलाई विभिन्न ओटीटी प्लेटफर्ममा पनि सार्वजनिक गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?