+
+

गौरव, विल्सन र नीताको ‘आकाशे खेती’ फागुन २७ गते रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ८ गते १४:२१

८ पुस, काठमाडौं । चलचित्र ‘आकाशे खेती’को फस्टलुकसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । यो चलचित्रलाई फागुन २७ गते रिलिज गरिने निर्माणपक्षले जानकारी दिएको छ ।

उदय  सुब्बाले यो चलचित्रको निर्देशन गरेका हुन् । चलचित्रमा गौरव पहारी, विल्सनविक्रम राई, बुद्धि तामाङ, नीता ढुंगाना, रवीन्द्र झा, रमा लिम्बु, जयनन्द लामा, शिशिर बाङ्देल लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको फस्टलुकमा पनि मुख्य कलाकार नै देखिएका छन् ।

यो चलचित्रले तिब्बती शरणार्थीको विषयलाई उठान गरेको छ । साथै मिहिनेत नै नगरी पैसा कमाउने युवाहरुको सपनाको कथालाई पनि चलचित्रले देखाउन खोजेको निर्देशक सुब्बाले बताए । केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङ्वाङ र दिलप्रकाश याक्सो निर्माता रहेको यो चलचित्रमा उदयको कथा, विल्सनविक्रम राईको संवाद छ ।

एसएस इन्टरनेशनल फिल्म्स र तक्मे प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्रलाई विक्रम डीसीले छायांकन गरेका छन् भने सुजन बडालको सम्पादन र राजु किरातीको द्वन्द्व रहेको छ । चलचित्रमा रामजी लामिछाने र राजीवको नृत्य तथा विकास चौधरी र बादल लिम्बूको संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?