+
+

५ महिनामा ४९ अर्बको डिजेल आयात

गत वर्षको तुलनामा दोब्बर रकम बाहिरियो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ८ गते १७:१९

८ पुस, काठमाडौं । नेपालले डिजेल आयातमा गत वर्षभन्दा झण्डै दोब्बर रकम खर्च गरेको छ । गत वर्षको तुलनामा डिजेलको आयात परिमाण १४.५ प्रतिशतले मात्रै वृद्धि भएपनि अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यका कारण डिजेलका लागि गरिने लगानी दोब्बरले बढेको भन्सार विभागले जनाएको छ ।

विभागका तथ्यांक अधिकृत मोहन पुडासैनीका अनुसार चालुआवको पाँच महिनामा ६ लाख ४५ हजार ३१३ किलोलिटर डिजेल आयात गर्न ४९ अर्ब २ करोड रुपैयाँ खर्च गरेको छ । जबकी गतवर्ष समीक्षा अवधिमा ५ लाख ६४ हजार ६८५ किलोलिटर डिजेल नेपालले २३ अर्ब ४३ करोड रुपैयाँमा आयात गरेको थियो ।

गत वर्ष प्रतिलिटर ४१ रुपैयाँमा औसतमा डिजेल आयात भएकोमा यो वर्ष औषत ७४ रुपैयाँ प्रतिलिटर डिजेलको लागत देखिएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?