+
+

वागमतीमा मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट तीन मन्त्री र तीन राज्यमन्त्री थपिए

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ९ गते १७:२१

९ पुस, काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले नेपाली कांग्रेसबाट तीन मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । यससँगै प्रदेश मन्त्रिपरिषद् १८ सदस्यीय भएका छन् ।

दीपेन्द्र श्रेष्ठ संस्कृतिमन्त्री नियुक्त भएका छन् । बलराम पौडेल भूमिव्यवस्था र मिलनबाबु श्रेष्ठ उद्योगमन्त्री भएका छन् । सन्तबहादुर प्रजा भौतिक पूर्वधार राज्यमन्त्री, रजनी अमात्य जोन्छे उद्योग र कल्पना नेपाली स्वास्थ्य राज्यमन्त्री बनेकी छन् ।

मन्त्री तथा राज्यमन्त्रीहरुको सपथ केहीबेरमा हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?