+
+

जन्मदिनमा वडा अध्यक्षले दिए विद्यालयलाई एक लाख

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १० गते १७:१८

१० पुस, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका– ९ का वडाध्यक्ष नारायण न्यौपानेले जन्मदिनको अवसरमा स्थानीय गौतमबुद्ध माविलाई १ लाख रुपैयाँ प्रदान गरेका छन् भने विद्यार्थीहरुलाई शैक्षिक सामग्री र जुत्ता वितरण गरेका छन् ।

न्यौपानेले विद्यालयमा बस सञ्चालनका लागि व्यक्तिगत तर्फबाट एक लाख रुपैयांँ दिए भने कक्षा १ देखि ६ कक्षासम्मका १०३ जना विद्यार्थीलाई कापी कलमलगायत शैक्षिक सामग्री र जुत्ता वितरण गरेका छन् ।

‘जन्मदिनमा खानपान र रमाइलो गरेर फजुल खर्च गर्नुभन्दा सामाजिक काम गरौं भनेर विद्यार्थी र विद्यालयलाई सहयोग गरँे’ वडाध्यक्ष न्यौपानेले भने, ‘यसअघि पनि आफूले पाउने तलब भत्ता पनि नलिई विद्यालयका निजी स्रोतका शिक्षकको तलबमा खर्च गर्दै आएको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?