+
+

युक्रेनको सीमा क्षेत्रबाट रुसले आफ्ना सैनिक हटायो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते १२:१६

११ पुस, काठमाडौं । रुसले युक्रेनी सिमाना नजिक तैनाथ आफ्ना सेना फिर्ता बोलाएको छ ।

युक्रेनको सिमानासँग जोडिएका विभिन्न क्षेत्रमा एक महिनासम्म अभ्यास गरेपछि सैनिकहरू आ-आफ्नो शिविरमा फर्केको रुसी सेनाले जनाएको हो ।

शनिबार रुसको दक्षिणी मिलिट्री डिस्ट्रिक्ट कमाण्डले युक्रेनको सीमानजिकै अभ्यास गरिरहेका सैनिकलाई फिर्ता बोलाउने घोषणा गरेको आरटी डटकमले इन्टरफ्याक्सलाई उदृत गर्दै लेखेको छ । समाचार अनुसार एक हजारभन्दा रुसी सेना आ-आफ्नो स्थायी शिविरमा फर्कन सुरू गरेका छन् ।

युक्रेनसँग सिमाना जोडिएका क्राइमिया र रोस्टोभ ओब्लास्टसहित विभिन्न क्षेत्रमा रुसी सेनाले झण्डै एक महिनासम्म युद्ध अभ्यास गरेका थिए । रुसले युक्रेनी सिमाना नजिकै भारी मात्रामा सैनिक र हतियार तैनाथ गरेपछि नेटोसहित पश्चिमी मुलुकसँग तनाव चर्किएको थियो ।

अमेरिकालगायत पश्चिमी मुलुकले युक्रेनमाथि हमला गर्ने उद्देश्यका साथ रुसले सिमानामा सैनिक एवं हतियार तैनाथ गरेको आरोप लगाउँदै आएका छन् ।

एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?