+
+

सेन्ट्रल जोन पुरुष भलिबलमा नेपालले लिगको अन्तिम खेलमा माल्दिभ्ससँग खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते १४:४२

११ पुस, काठमाडौं। बंगलादेशमा भइरहेको एसियन सेन्ट्रल जोन पुरुष भलिबलच च्यालेन्ज कपमा नेपालले आज माल्दिभ्ससँग लिगको अन्तिम खेल खेल्दैछ ।

नेपाल र माल्दिभ्स बीचको खेल नेपाली समय अनुसार पौने ४ बजे सुरु हुनेछ ।

नेपालले यसअघि खेलेका तीन मध्ये जम्मा १ खेल मात्र जित्दै ३ अंक जोडेको छ । माल्दिभ्स लगातार दुई खेल हार्दै अंकविहिन छ ।

पहिलो खेलमा घरेलु टोली बंगलादेशसंग सोझो सेटमा पराजित भएको नेपालले दोस्रो खेलमा उज्वेकिस्तानमाथि ३-१ को पुनरागमन जित हात पारेको थियो । तेस्रो खेलमा भने नेपाल श्रीलंकासंग ३-१ कै सेटमा पराजित भयो ।

पाँच राष्ट्र सहभागि प्रतियोगितामा शीर्ष दुई स्थानमा रहने टिमले फाइनल खेल्नेछन् ।

श्रीलंका र बंगलादेशले लगातार दुई खेल जित्दै समान ६ अंक जोडेको छ । नेपाल र उज्वेकिस्तानको समान ३ अंक छ । आजै श्रीलंका र बंगलादेशको खेल पनि बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?