+
+

काठमाडौं क्षेत्र नं. ४ बाट प्रतिनिधि नराखिएपछि माओवादी नेताले जनाए असन्तुष्टि

माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट एकजना पनि प्रतिनिधि चयन नगरिएपछि सो क्षेत्रका नेताले असन्तुष्टि जनाएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १२ गते १३:१५

१२ पुस, काठमाडौं। माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट एकजना पनि प्रतिनिधि चयन नगरिएपछि सो क्षेत्रका नेताले असन्तुष्टि जनाएका छन्।

क्षेत्र नम्बर ४ का माओवादी केन्द्र इञ्चार्ज विदुर खड्काले आफ्नो क्षेत्रबाट एकजना पनि प्रतिनिधि नराखिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

माओवादी केन्द्रले भूगोलबाट १५ सय पार्टी सदस्य बराबर एक जना प्रतिनिधि चयन गर्ने मापदण्ड बनाएको र काठमाडौं क्षेत्र नम्बर ४ मा १५ सय भन्दा पनि बढी पार्टी सदस्य रहे पनि प्रतिनिधि नराखिएको उनले बताए ।

उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘काठमाडौं क्षेत्र नम्बर ४ बाट माओवादीको आठौं महाधिवेशनमा प्रतिनिधित्व छैन । पार्टी सदस्य संख्या १५ सय माथि छ । भूगोलमा १५ सय सदस्य बराबर एक महाधिवेशन प्रतिनिधि भनियो । हाम्रो कोटा कसले खायो ? के यो माओवाद हो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?