+
+

कोरोनाले अभिभावक गुमाएका बालबालिकाका लागि भरोसा छात्रवृत्ति घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १२ गते १८:२१

१२ पुस, काठमाडौं। कोभिड-१९ महामारीमा अभिभावक गुमाएपछि आर्थिक अभावका कारण विद्यालय छाड्न बाध्य बालबालिकालाई नि:शुल्क शिक्षा दिन एक छात्रवृत्ति अभियान घोषणा गरिएको छ ।

राजनीति, व्यवसाय र सामाजिक कार्यमा सक्रिय युवाहरुको प्रयासमा टुहुरा बालबालिकाका लागि छात्रवृत्ति अभियान सुरु भएको हो । काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र व्यवसायी सुदीप आचार्यले संयुक्त रुपमा अभियानको घोषणा गरे । ‘भरोसा छात्रवृत्ति’ नाम दिइएको उक्त अभियानका लागि प्रारम्भिक चरणमा डिसहोम परिवारले आर्थिक व्यवस्थापन गर्ने कार्यक्रममा जानकारी दिइयो ।

महामन्त्री थापाले अभिभावक गुमाएका बालबालिकाको शैक्षिक निरन्तरता चुनौतीपूर्ण रहेको निष्कर्षसहित आफूहरु अभियानमा जुटेको बताए ।

डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले भविष्यमा अरु सम्भावित महामारीका कारण अभिभावक गुमाएकाका बालबालिकालाई पनि समेट्दै जाने बताए ।

एक वर्षसम्म छात्रवृत्तिका लागि डिसहोमका लगानीकर्ता, कर्मचारी तथा देशभरका डिलर÷सब डिलरबाट ४० लाख रुपैयाँ संकलन गरिएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?