+
+

डा. न्यौपानेलाई सैनिक स्वास्थ्य महानिर्देशनालयको जिम्मा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १२ गते १९:१९

१२ पुस, काठमाडौं। प्रधानसेनापति प्रभुराम शर्माले प्राविधिक उपरथीमा बढुवा भएका डा. अरुण न्यौपानेलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

मन्त्रिपरिषद्को १ पुसको निर्णय अनुसार उपरथीमा बढुवा भएका उनलाई शर्माले जंगीअड्डामा आयोजित एक कार्यक्रमका बीच उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

बढुवापछि उनलाई सैनिक स्वास्थ्य महानिर्देशनालयको महानिर्देशकका रुपमा जिम्मा दिइएको छ । कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) मा बसेर डा. न्यौपानेले कोभिड महामारीविरुद्धको प्रतिकार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

सोही अवसरमा सरकारको निर्णय अनुसार मानार्थ उपरथीमा बढुवा भएका सहायक रथी सागरबहादुर केसीलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो ।

यसैबीच, ९ पुसको मन्त्रपरिषद् निर्णय अनुसार उपरथीमा बढुवा भएका प्रदीपजंग केसी र योगराज शर्मालाई पनि प्रधानसेनापति शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

बढुवासँगै केसीलाई सैनिक इन्टलिजेन्स कोर र शर्मालाई उपत्यका कमाण्ड हेडक्वार्टरको कमाण्ड सेनापतिको जिम्मा दिइएको छ ।

मन्त्रिपरिषद्को सोही निर्णयले सहायक रथीमा बढुवा भएका अन्यलाई महासेनानीलाई पनि शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?