+
+

प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफल सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १३ गते १२:५७

१३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको बन्दसत्रमा राजनीतिक र विधान मस्यौदा प्रस्तावमा प्रतिनिधिहरुबीच समूहगत छलफल हुँदैछ । छलफल गर्न प्रतिनिधिहरुलाई २५ समूहमा बाँडिएको छ ।

मंगलबार समूहमा छलफल गरेर बुधबारदेखि टोली नेताले छलफलको निष्कर्ष प्रस्तुत गर्ने माओवादी केन्द्रले जनाएको छ ।

माओवादी प्रतिनिधिहरुको समूह कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान, पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा र विभिन्न पार्टी प्यालेसमा छलफलमा बसेका छन् ।

माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत सोमबारको बन्दसत्रमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?