+
+

केन्द्रीय बैंकको नीतिले व्यवसायी मारमा परेको मोरङ व्यापार संघको गुनासो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १३ गते १२:५०

१३ पुस, विराटनगर । केन्द्रीय बैंकको नीतिले व्यवसायी मारमा परेको गुनासो मोरङ व्यापार संघले गरेको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले शुरु गरेको प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम अन्तर्गत प्रदेश १ मा शुरु भएको छलफलमा संघले यस्तो गुनासो गरेको हो ।

बैंकिङ प्रणालीको समस्या समाधान गर्न सरकार र केन्द्रीय बैंकले लिएको नीतिको चेपुवामा उद्योगी व्यवसायी परेको संघका अध्यक्ष प्रकाश मुन्दडाले बताए ।

‘बैंकले पैसा छैन भन्दै एलसी नखोल्ने, पास भइसकेको कर्जा नदिने, पुरानो कर्जाको व्याजदर बढाएर भुक्तानीका लागि ताकेता लगाउँदा व्यापारीहरु हतोत्साहित भएको उनको भनाइ छ ।

राष्ट्र बैंकले कारबाही गर्ने बाहना देखाएर बैंकहरुले कर्जाको व्याजदर बढाइरहेको उनको आरोप छ । सरकार र राष्ट्र बैंकको नीतिले व्यापार व्यवसाय चौपट बनेको भन्दै उनले पैसा नतिरे राखेको धितो लिलामीको प्रक्रिया बैंकले अघि बढाइ हाल्ने बताए  ।

नेपाल राष्ट्र बैंकले सीसीडी रेसियो खारेज गरी सीडी रेसियो लागू गरेपछि बैंकहरुमा तरलता समस्या भित्रिएको हुँदा सो नीतिलाई संसोधन तथा परिमार्जन गरी कार्यान्वयन गराइनु पर्ने संघको माग छ ।

राष्ट्र बैंकले नै तरलता संकुचन गर्ने नीति लागू गर्दा अहिले समस्याले उग्ररुप लिएको अध्यक्ष मुन्दडाको भनाइ छ । तरलता संकट हुनसक्छ भनेर राष्ट्र बैंकलाई तीन महिना अघि नै सचेत गराएको उनले स्मरण गराए  । तर गभर्नरले केही हुँदैन भन्ने आश्वासन दिएको उनले बताए । तर अहिले समस्याले उग्ररुप लिँदा पनि राष्ट्र बै‌ंक नीतिगत कडाइ लागू गर्न व्यस्त बनेको उनको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?