+
+

बक्स अफिसमा ‘पुष्पा’ हिट, ‘८३’ फ्लपको दिशामा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १३ गते १४:१४

१३ पुस, काठमाडौं । भारतीय बक्स अफिसमा बलिउड चलचित्र ‘८३’ असफल हुने संकेत देखिएको छ । २ सय करोडमा बनेको यो चलचित्रले तीन दिनमा ४७ करोड भारुको मात्र व्यापार गरेको छ ।

क्रिसमसको बिदा र आइतबार समेत चलचित्रले गतिलो व्यापार नगरेपछि रणवीर सिंह अभिनित यो चलचित्र बक्स अफिसमा पछारिने विश्लेषण गरिएको छ । चलचित्रको सोमबारको व्यापार पनि ७ करोडको आसपासमा छ ।

कबिर खान निर्देशित यो चलचित्रमा रणवीर सिंह र दीपिका पादुकोणको मुख्य भूमिका छ । चलचित्रले भारतले सन् १९८३ मा विश्वकप क्रिकेटको उपाधि जितेको कथा भन्छ ।

चलचित्रमा रणवीर तत्कालीन क्याप्टेन कपिल देवको भूमिकामा छन् । चलचित्रलाई समीक्षकले उत्कृष्ट भनेपनि रिलिजको खराब समयका कारण यो चलचित्र बक्स अफिसमा खरो उत्रिन नसकेको हो ।

यस्तै, साउथको हिन्दी डब चलचित्र ‘पुष्पा’ भने हिन्दी भर्सनमा हिट भएको छ । यो चलचित्रले दोस्रो साताको सोमबारसम्म बक्स अफिसमा ४० करोडको व्यापार गरेको छ । ट्रेड विश्लेषकले यो चलचित्र हिन्दी भर्सनमा हिट भएको जनाएका छन् ।

चलचित्रले विश्व बजारमा २ सय करोड भन्दा माथिको ग्रस कलेक्सन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?