+
+

रोकिएको ट्र्याक्टरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १३ गते १४:१५

१३ पुस, धनगढी । कैलालीमा रोकिएको ट्रयाक्टरसँग मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो १२ बजेतिर गोदावरी नगरपालिका-९ को बल्मीमा सु.प.प्र. ०-००२ त ६०७९ नम्बरको ट्र्याक्टर ढुंगा लोड गरेर सडकको छेउमा रोकिएको थियो । पछाडिबाट लम्कीचुहा-५ का ४२ वर्षीय बुढाले चलाएको सु.प.प्र.०१-००८ प ७१२७ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकल चालक बुढा गम्भीर घाइते भएकोमा उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?