+
+

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १४ गते १३:३८

१४ पुस, काठमाडौं । बुधबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले छापावाल सुनको मूल्य बुधबार तोलामा ९२ हजार ५ सय रुपैयाँ तोकेको छ । मंगलबार ९३ हजार रुपैयाँमा छापावाल सुनको कारोबार भएको थियो । यस्तै तेजावी सुनको मूल्य बुधबार ९२ हजार रुपैयाँ तोकिएको छ । महासंघले बुधबारका लागि चाँदीको खरिद बिक्री मूल्य तोलाको एक हजार दुई सय ६० रुपैयाँ तोकेको छ । मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?