+
+

कोरोना देखिँदा गसिप बनाएको भन्दै भड्किन् अनिल कपूरकी छोरी रिया

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १४ गते १७:१५

१४ पुस, काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियण्ट ओमिक्रोन विश्वका विभिन्न देशमा जस्तै भारतमा पनि फैलिन थालेको छ । केही दिनयता बलिउड सेलिब्रटीहरुमा पनि कोरोना भाइरसको संक्रमण देखिरहेको खबर आइरहेका छन् ।

हालै मात्र बलिउड अभिनेता अर्जुन कपूर, अंशुला कपूर, रिया कपूर र उनका पति करण बुलानीमा कोरोना पोजेटिभ देखिएको छ । कोरोना संक्रमण भएपछि रियाले सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्य स्थितिबारे जानकारी दिएकी छन् । साथै आफ्नो निजी स्वास्थ्यका विषयलाई लिएर गसिप बनाएको भन्दै उनले आक्रोश समेत पोखेकी छन् ।

रियाका अनुसार उनी पतिसँगै होम क्वारेन्टिनमा छिन् । उनको स्वास्थ्य अवस्था पनि ठीक छ । पतिसँगै बसेर उनले एउटा फिल्म हेरेको र त्यसबेला आफ्नी बहिनी सोनम कपूरको खुब याद आएको उनले सामाजिक सञ्जालमा लेखेकी छन् । तर, आफ्नो स्वास्थ्य अवस्थालाई लिएर अनावश्यक गसिप लेखेर भ्रम फैलाएकोमा भने उनले आक्रोश व्यक्त गरेकी छन् ।

चकलेट बाहेक अन्य खानेकुराको स्वाद खराब लागेको भन्दै रियाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘ज्यादै नै सावधानी अपनाउँदा अपनाउँदै पनि म कोरोना संक्रमित भएको छु । यो महामारीको प्रकृति पनि हो । तर यो थाहा भएन कि मेरो वा कसैको निजी स्वास्थ्यको जानकारी समाचार वा गसिप किन बन्छ ? यसको जानकारी सरकारी तथा अन्य आधिकारिक स्वास्थ्य निकायलाई मात्रै हुनु जरुरी छ । किनकि, उनीहरुले आफ्नो काम राम्ररी गर्न सकुन् ।’

कोरोना पोजेटिभ रिपोर्ट आउनुअघि रियाले केही हप्ता पहिले घरमा पार्टी आयोजना गरेकी थिइन् । गत महिना पनि उनी आफ्ना साथी करिना कपूर, करिश्मा कपूर, मलाइका अरोडा, अमृता अरोडा लगायतसँग डिनर पार्टीमा सहभागी भएकी थिइन् ।

करिना र अमृतालाई यसअघि नै कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?