+
+

थप २२० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १४ गते १७:०२

१४ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २२० जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

६ हजार ४३३ जनाको पीसीआर परीक्षण गर्दा २०३ जना र १ हजार १ सय ७५ जनाको एन्टीजेन परीक्षण गर्दा ११ जना गरी २२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्‍यु भएको छ भने २५३ जना संक्रमणमुक्त भएका छन् ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २४ हजार १५७ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५९० पुगेको छ भने ८ लाख ११ हजार ५१८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ८६४ जना रहेका छन् । जसमध्ये ४ हजार ६०८ जना होम आइसोलेसनमा रहेका छन् भने २५६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ८७ जना आईसीयू र २१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १९ जना कोरोना संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?