+
+

साढे २ करोडमा बिक्यो ४ सय वर्ष पुरानो चिनियाँ माटोको भाँडो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १५ गते १४:५०

१५ पुस, काठमाडौं । ४ सय वर्षदेखि प्रयोग भइरहेको एउटा भाँडो अन्ततः विक्री भएको छ । बेलायतको एउटा परिवारले उक्त चिनियाँ माटोको भाँडो अर्थात् प्रोसेलिन पट प्रयोग गर्दै आएकोमा हालै लिलामी गरिएको हो । उक्त ७ इन्चको कप आकारको भाँडो १ लाख ६० हजार पाउण्ड अर्थात् साढे २ करोड रुपैयाँमा विक्री भएको हो ।

१७ औँ सताब्दीमा बनेको उक्त प्रोसेलिन पट सेतोमा निलो रङले लेखिएको छ । त्यसमा चीनका कवि वांग बाओको कविता लेखिएको छ ।

डेलीमेलका अनुसार १७ औँ शताब्दीका चिनियाँ राजा काङ्छीको शासनकालका बेला उक्त भाँडो बनेको हो । ती राजाले सन् १६६१ देखि १७२२ सम्म शासन गरेका थिए । उक्त भाँडोलाई सन् १८५० मा बेलायती व्यापारीले आफ्नो कब्जामा लिएर बेलायत लगेका थिए।

त्यसपछि ती व्यापारीका परिवारले उक्त भाँडोको जतन गर्दै आएका थिए । बेलायतको सुफोल्कमा बस्ने उक्त परिवारले अन्ततः त्यो भाँडो महंगो मूल्यमा बेचेको छ । तथापि उक्त परिवारको पहिचान भने खुलाइएको छैन ।

सुरुमा यो भाँडोलाई बढीमा ३ हजार पाउण्ड मूल्य पर्ने अनुमान गरिएको थियो । तर अनलाइन मार्फत् भएको विक्रीमा उक्त भाँडोको कैयौँ गुणा धेरै मूल्य परेको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?