+
+

राष्ट्रिय भारोत्तोलन पुस २७ गतेदेखि हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १५ गते १७:०३

१५ पुस,काठमाडौं। नेपाल भारोत्तोलन संघको आयोजनामा २४औं पुरुष तथा ९ औं महिला राष्ट्रिय भारात्तोलन प्रतियोगिता पुस २७ गतेदेखि हुने भएको छ ।

प्रतियोगिता तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफसहित विभिन्न २० जिल्लाका गरी जम्मा २३ टिमको सहभागिता रहने आयोजक संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । करिब २ सय खेलाडी सहभागी हुने छन् ।

जुनियर÷सिनियर तथा युथ पुरुष÷महिलातर्फ विभिन्न ४० तौलसमूहमा प्रतिस्पर्धा हुने छ । सहभागी टोलीको खाना, बसोवास र यातायात खर्च आयोजक संघले व्यहोर्ने छ ।

तीनदिने प्रतियोगिताका खेलहरु मध्यपुर थिमी नगरपालिकाको थिमी बैंक्युटमा हुने छ । अध्यक्ष श्रेष्ठले कोभिड– १९ का कारण लामो समयदेखि हुन नसकेको प्रतियोगितालाई सम्बन्धित सबैको साथ र सहयोगले सफल हुने विश्वास व्यक्त गरे ।

मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले नगरपालिकाले खेल क्षेत्रलाई अगाडि बढाउन हरदम सहयोग गरिरहेको स्मरण गर्दै प्रतियोगितामा पनि नगरपालिकाको साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष चतुरानन्दराज वैद्यले प्रतियोगिता सफलताका लागि शुभकामना दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?