+
+

हिमपातले पाथीभरा आउने तीर्थयात्री फुङ्लिङमै रोकिए

हिमपातका कारण ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्री प्रभावित भएका छन् । झण्डै एक सय तीर्थयात्री सदरमुकाम फुङ्लिङमा रोकिएका छन् ।

रासस रासस
२०७८ पुष १५ गते १७:२६
फाइल तस्वीर

१५ पुस, ताप्लेजुङ । गत मङ्गबार र बुधबार भएको हिमपातका कारण ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्री प्रभावित भएका छन् । झण्डै एक सय तीर्थयात्री सदरमुकाम फुङ्लिङमा रोकिएका छन् ।

समुद्र सतहदेखि तीन हजार ४०० मिटरको उचाइमा पर्ने पाथीभरा क्षेत्रमा बाक्लो हिमपात भएसँगै पूजापाठ गर्न आउने तीर्थयात्री सदरमुकाममै रोकिएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए ।

बाक्लो हिउँ जमेकाले तत्काल पग्लिने सम्भावना नरहेको उनले बताए । हिमपातले पाथीभरा जाने पदर्माग पुरिएसँगै पदर्माग खुलाउन समस्या भएको छ ।

पाथीभरा मन्दिरमा पूजापाठ गर्न आज मात्रै दुई तीर्थयात्रीले दुई सहयोगी लिएर गएका छन् ।

मङ्गलबार हिमपातकैबीच ६० तीर्थयात्रीले पाथीभरा मन्दिरमा पूजापाठ गरेको समितिले जनाएको छ ।

मौसम खुल्न सकेको छैन । हिमपातसँगै अत्यधिक जाडो बढेको छ । आज ताप्लेजुङको तापक्रम न्यूनतम २ डिग्री सेल्सियस रहेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?