+
+

अस्मितासँग देवेन्द्रले गाए ‘साइँला-साइँली’

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १५ गते १७:५२
म्युजिक भिडियोको एक दृश्यमा देवेन्द्र बब्लु र बोध

१५ पुस, काठमाडौं । देवेन्द्र बब्लु र अस्मिता अधिकारीको स्वरमा ‘साइँला-साइँली’ बोलको गीत सार्वजनिक गरिएको छ । देवेन्द्रले अस्मितासँग पहिलोपटक गीत गाएका हुन् ।

विमला हुमागाईंको शब्द र दीपकराज विश्वकर्माको संगीत रहेको गीतलाई पुस्कर सुनुवारले एरेञ्ज गरेका छन् । बोध शर्माको प्रस्तुति रहेको गीतमा देवेन्द्र र बोधको अभिनय हेर्न सकिन्छ । सडकमा व्यापार गर्ने युवा र युवतीबीच ख्यालख्यालैमा माया बसेको कथालाई भिडियोमा आकर्षक ढंगले प्रस्तुत गरिएको छ ।

विशाल घिमिरेको कथामा तयार भएको भिडियोमा अनिल के मानन्धरको छायांकन र मनोज कार्कीको सम्पादन छ । बिहीबार देवेन्द्र बब्लुकै युट्युब च्यानलमा भिडियो सार्वजनिक गरिएको हो । देवेन्द्रका थुप्रै गीतलाई स्रोता-दर्शकले रुचाएका छन् ।

यसअघि देवेन्द्रले आफ्नै शब्द, स्वर, अभिनय तथा निर्देशनमा ‘मनमाया’ बोलको गीत ल्याएका थिए । लगत्तै आफ्नो चर्चित गीत ‘भेटै हुन्न कि २’ को रुपमा ‘म त पर्खेको पर्खेइ छु’ गीत ल्याउने तयारीमा रहेको देवेन्द्रले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?