+
+

नेपाल एयरलाइन्सको न्यारोबडी जहाज ग्राउण्डेड

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १५ गते १८:२२
फाइल तस्वीर

१५ पुस, काठमाडौं । नेपाल एयरलाइन्सको एउटा न्यारोबडी जहाज प्राविधिक समस्याका कारण ग्राउण्डेड भएको छ ।

नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काका अनुसार निगमको न्यारोबडी ए३२० जहाज ९एन–एकेडब्ल्यू जहाज ग्राउण्डेड भएको हो । यो जहाज काठमाडौंबाट दोहा उडानका क्रममा अवतरण गरिसकेपछि पार्किङमा लैजाने क्रममा इन्जिनमा समस्या देखिएको थियो ।

यो जहाजको वायाँ इन्जिनमा समस्या पहिचान भइसकेको र इन्जिन उत्पादकर्ता पीए/आईएईसँग निगम व्यवस्थापनले परामर्श गरेको समेत खड्काले बताएकी छिन् । उनका अनुसार इन्जिनलाई रिप्लेस गरि मर्मत गर्न सुझाव आएको छ । सोही अनुसार कम्पनीले यो जहाजलाई छिटो उडानयोग्य बनाउन बनाउन प्रक्रिया अगाडि बढाएको उनको भनाइ छ ।

खड्काका अनुसार निगमको वाइडबडी जहाज ए३३० मा समेत काठमाडौं–नारिता उडानको तयारी गर्ने क्रममा समस्या देखिएको थियो । यो जहाजको समस्या भने श्रीलंकाबाट पार्टपुर्जा भित्र्याएर निगमकै इन्जिनियरिङ टीमले मर्मत गरेको छ । यो जहाजले बिहीबार नै काठमाडौं–दिल्ली नियमित उडान गरेको कम्पनीले जनाइको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?