+
+

दाङमा जिल्ला स्तरीय लिग फुटबल सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १५ गते २०:१८

१५, पुस दाङ । दाङमा जिल्लास्तरीय लिग फुटबल प्रतियोगिता बिहीबार सुरु भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघको आयोजनामा भएको जिल्ला लिगको उद्घाटन खेलमा राप्ती क्लब घोराही र युएनबिसीले गोलरहित बराबरी खेलेका छन् ।

प्रतियोगिता अन्तर्गत शुक्रबार पहिलो खेल दिउँसो १२ बजे न्यू स्टार फुटबल क्लब नारायणपुर र नवपुर फुटबल एकेडेमीका बीच हुनेछ । साढे २ बजे हुने दोस्रो खेल राप्ती क्लब घोराही र किसान जागृत क्लबका बीच हुने आयोजक दाङ जिल्ला फुटवल संघले जनाएको छ ।

प्रतियोगितामा फुटबल संघ दर्ता भएका दश वटा क्लब सहभागी छन् । लिगको पहिलो चरणका खेलहरु घोराही र तुलसीपुरमा र दोस्रो चरणका खेल बेलझुण्डी रंगशालामा खेलाउने जिल्ला फुटबल संघको तयारी छ ।

यो प्रतियोगिताले प्रतिभाशाली र क्षमतावान खेलाडी पहिचान गर्नुका साथै फुटबल क्लबलाई क्रियाशील बनाउने दाङ जिल्ला फुटवल संघका महासचिव नरेन्द्र पुनले बताए ।

१९ गतेसम्म पहिलो चरणको लिग सकिनेछ भने त्यसपछि दोस्रो चरणको खेल तालिका प्रकाशित हुनेछ । पहिलो चरणमा हरेक क्बलले ४—४ वटा खेल खेल्नेछन् भने दोस्रो चरणमा ५—५ वटा खेल खेल्नेछन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?