+
+

गोरखामा मिनिट्रक दुर्घटना हुँदा दुईको मृत्यु, चार जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १६ गते १४:२५

१६ पुस, गोरखा । गोरखाको धार्चे गाउँपालिका-५ माछाखोला नजिकै शुक्रबार मिनिट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ट्रकमा सवार अन्य चार जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ट्रक चालक धादिङका निराजन नेपाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ । मृत्यु हुने अर्का व्यक्तिको पहिचान हुन बाँकी रहेको जिल्ला ट्राफिक इन्चार्ज प्रेम प्रकाश पोखरेलले बताए ।

दुर्घटनामा परी धार्चे गाउँपालिका- ३ उहियाका आसमान गुरुङ, वडा नम्वर ५ की अस्मिता गुरुङ, सरानी गुरुङ र दुई वर्षीया बालिका सपना गुरुङ घाइते भएका उनले जानकारी दिए । घाइतेमध्ये आसमानको अवस्था गम्भीर रहेको बताइएको छ । उनको आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

अन्य घाइतेको भने स्थानीय मेडिकलमा उपचार भइरहेको बताइएको छ । आरुघाटबाट रड र सिमेन्ट लिएर माछाखोला जाँदै गरेको बा ५ ख ६५६६ नम्वरको मिनि ट्रक सडकबाट करिब १०० मिटर खसेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?