+
+

कुलोमा ह्युमपाइप राखेपछि ठुटेखोला पुलमा आवागमन सहज

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १६ गते १५:५१

१६ पुस, वीरगञ्ज । ठोरी गाउँपालिका–२ र ३ लाई जोड्ने ठुटेखोला छेउको कुलोमा ह्युमपाइप राखिएको छ । नयाँ वर्षमा ठोरी घुम्न आउने पर्यटकलाई सहज होस् भन्ने उद्देश्यले ह्युमपाईप राखिएको हो ।

ठूटेखोला पुलको पूर्वतर्फबाट भारततर्फ सिँचाइका लागि दुईवटा कुलो गएकोमा एउटा कुलो पुरिसकेको अवस्था छ भने एउटा कुलो मात्रै सञ्चालनमा छ ।

हुलाकी राजमार्गको काम सकाएर ठेकेदार हिँडिसकेको छ भने पुलको काम पनि सम्पन्न भइसकेको छ । कुलो विवादका कारण ठूटेखोलामा बनेको पुलसम्म पुग्ने एप्रोच रोड बन्न बाँकी छ ।

जसका कारण हुलाकी सडकभन्दा दक्षिण तर्फबाट मानिसहरू पुल हुँदै ठोरी बजारतर्फ जाने गरेका छन् । सोही खण्डमा पर्ने कुलोमा ह्युमपाइप राखेर आवागमन सहज बनाएको स्थानीयले बताएका छन् ।

ठोरी-२ का अध्यक्ष किशोर तामाङले भारतीय धमौरा पञ्चायतका मुखिया रामबिहारी सहनीसँग समन्वय गरेर कुलोमा ह्युमपाइप लगाएका हुन् । स्थानीय तथा ठोरी घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई कुलोको कारण सास्ती थियो ।

कुलोमा ह्युमपाइप राखेर तत्कालका लागि आवागमन सहज बनाइएको बताउँदै वडाअध्यक्ष तामाङले दीर्घकालीन समाधानका लागि सबै पक्ष लाग्नुपर्नेमा जोड दिए । कुलोमा हुलाकी सडक आयोजनाले कल्भर्ट निर्माण गर्नुपर्ने थियो । तर, कुलो विवादका कारण हुलाकी सडक निर्माणको जिम्मेवारी पाएको कालिका-बानियाँ जेभीले काम गर्न सकेन ।

ठोरी गाउँपालिकाकी एमाले नेतृ गोकुलीकुमारी रेग्मीले ह्युमपाइप हालेर अस्थायी समाधान गरिएको बताइन् । ‘ठुटे खोलाको पुल जाने एप्रोच रोडभन्दा तल कुलोमा ह्युमपाईप राखिएको हो । यो अस्थायी समाधान हो ।’

उनले भनिन् ‘हुलाकी राजमार्गमै कल्भर्ट बनाएपछि मात्रै पुलमा आवागमन सहज हुन्छ, स्थानीय सरकारले काम गर्ने हो कि हुलाकी राजमार्ग आयोजना कार्यालयले ? त्यसका लागि दवाव दिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?